मकवानपुरको मनहरीका १९ जना प्रध्यानाध्यापकले दिए सामूहिक राजीनामा

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन्।



गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक छन् ।

अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको आरोप छ ।

राजनीति