सिटिइभिटीले बढाएको शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको माग

 नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीलाई वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको छ।

क्रान्तिकारीका अध्यक्ष पन्चासिंहले आज (आइतबार) विज्ञप्ति जारी गर्दै अभिभावक र  विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको मिलोमतोमा शुल्क वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरेकी हुन्।

वृद्धि गरिएको शुल्क  तत्काल फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गराउन अखिल क्रान्तिकारीले माग गरेको छ। सिटिइभिटीको स्तर निर्धारण तथा सम्बन्धन महाशाखा सानोठिमीले शुल्क समायोजनसम्बन्धी सूचनाअनुसार पिसिएल  नर्सिङमा ३१ प्रतिशत, सामान्य चिकित्सक.( एचए)मा २९  डिप्लोमा इन फार्मेर्सिमा  २५ प्रतिशत शुल्क वृद्धि गरिएको उल्लेख छ।

२४ घण्टाभित्र फिर्ता नलिए आन्दोलन चर्काउने क्रान्तिकारीले चेतावनी पनि दिएको छ। 

समाचार