१०० किलो गाँजासहित हेटौंडाबाट एकजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

गएराति हेटौंडा ४ कर्रा स्थित सडकमा विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पिकअपका चालक गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज