मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

 मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । 

आज बसेको प्रतिनिधि सभा बैठकबाट मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतीले पारित भएको हो। 

याे विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नेछन्। त्यसपछि उक्त विधेयक कानुन बन्नेछ।  प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्नेछ।

राजनीति