सञ्चार सचिव राउतसहित ४ जनालाई आज सर्वोच्चमा उपस्थित गराइँदै

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतसहित ४ जनालाई आज अदालतमा आज उपस्थित गराइँदैछ। 

सर्वोच्च अदालतको आदेश अनुसार केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो। 

हिजो उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सर्वोच्च अदालतले आज अदालतमा पेश गर्न आदेश दिए अनुसार उनीहरुलाई उपस्थित गराउन लागिएको हो। हिजो सर्वोच्च अदालतका न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो।

 सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए।

राजनीति