मकवानपुरमा विद्युत सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुलीकोट स्थित एक घरमा विद्युत सर्ट भई घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

आइतबार साँझ स्थानीय ६८ वर्षीय चन्द्रबहादुर वाईवाको घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो । विद्युत सर्ट भएको करिब १५ मिनेटपछि घरमा भएको खाना पकाउने ग्यासको सिलिण्डर पनि विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसारआगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ भने घरमा रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा, एक तोला सुन र नगद ३० हजार गरी अन्दाजी ७ लाख बराबरको क्षति भएको छ ।

समाचार