हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।



सोमबार साँझ हेटौंडा-१० स्थित जिल्ला प्रहरी कार्यालय मोडनजिक शिवम् सिमेन्ट उद्योगबाट आएको ना.६ख ८८९० नम्बरको ट्रकले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा १० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ रहेका छन् ।

ट्रकको ठक्करबाट टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

समाज