हेटौंडा-१९ मा अटो दुर्घटना हुँदा तीन जना घाइते

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ सान्नानटारमा अटो दुर्घटना हँदा तीन जना घाइते भएका छन् ।

सोमबार दिउँसो तपोवनबाट सान्नानटार तर्फ आउँदै गरेको ना २ ह २५८३ नं।को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार हेटौंडा-७ कमाने बस्ने ४० वर्षीया गंगा फुँयाल, उनको छोरा २१ वर्षीय सन्दीप फुयाँल र सोही स्थानकी मिना फुँयाल घाइते भएकी छिन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको र अटो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज