आगोले जलेका डोटीको भुर्केल्लाका बालकको उपचारमा समस्या

डाेटी – आगोले जलेका डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ ।

१४ महिनाका बालक इशान गएको असारमा आगोमा जलेर घाइते भएका थिए ।

दश दिनसम्म नेपालमा उपचार गर्दा निको नभएपछि अहिले भारतको नयाँ दिल्लीमा रहेको गंगाराम अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक अभावका कारण बालकको उपचारमा समस्या भएको स्थानीयबासिन्दा एवम् समाजसेवी भक्तबहादुर रोकायाले बताउनुभएको छ ।

अहिलेसम्म एक लाख ६० हजार रुपैयाँ खर्च भैसकेको र थप ८५ हजार भारतीय रुपैयाँ आवश्यक परेको तर परिवारको आर्थिक अवस्था कमजोर रहेको पनि उहाँले बताउनुभयो । 

समाचार