एमालेका अध्यक्ष ओली कम्बोडिया प्रस्थान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

टोलीमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् ।

अध्यक्ष ओली यही साउन ८ गते स्वदेश फर्कने कार्यसूची रहेको छ ।

राजनीति