मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णयहरु

प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आव्हानमा बसेको बैठकमा विभिन्न निर्णय गरेको हो ।

बैठकले कम्पनी दर्ता र पुँजी बृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको संचालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

यसैगरी, उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलको इटालीको भ्रमणलाई समेत स्वीकृत गरेको छ ।

राजनीति