मकवानपुरको निमित्त प्रहरी प्रमुखमा कार्की

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डिएसपी) टेक बहादुर कार्कीले पाएका छन् ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमको अनिवार्य अवकास भएपछी निमित्त प्रमुखको जिम्मेवारी डिएसपी कार्कीले पाएका हुन् ।

प्रहरी प्रधान कार्यालयले जिल्लामा सरुवा गरेर प्रहरी उपरीक्षकलाई नपठाउनजेल सम्म निमित्तको जिम्मेवारी कार्कीले पाएका हुन् । हिजो आइतबारबाट गौतमको अवकास भएपछी आजबाट कार्कीले जिम्मेवारी सम्हालेका हुन् ।

समाचार