नयाँ पार्टीहरूले चुनाव जित्दा आश्चर्यमा परेकी छु : आरजु राणा

जनकपुरधाम : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले देशमा देखिएका नयाँ पार्टीहरूले चुनाव जित्दा आश्चर्यमा परेको बताएकी छिन्।

उनले नयाँ पार्टीसँग केही नहुँदा पनि चुनाव जित्दा यो देशमा के भइरहेको छ र जनता कता जाँदैछन् भन्ने कुराले डर लागेको उनले बताएकी हुन्।

मंगलबार पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा बोल्दै राणाले विपक्षी पार्टीहरू मिडिया र सामाजिक सञ्जाल दुरुपयोग गरि आफूविरुद्ध परिचालन गरेको उनको दाबि थियो। उनले दुरुपयोगकै परिणाम स्वरुप आफूविरुद्वको नक्कली भुटानी शरणार्थी प्रकरमा अडियो भाइरल गरि आफ्नो र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई डिस्टर्व गर्ने काम भएको बताइन ।

‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो’, उनले भनिन्, ‘यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो। टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो।’

राणाले कांग्रेस एक्लै चुनाव नलडुन्जेलसम्म संगठन निर्माण असम्भवसमेत रहेको बताइन्।

राजनीति