शेयर बजार घट्यो

 लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० विन्दुमा झरेको छ । 

आज फाइनान्स, म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्त र युनिलिभर नेपालको शेयर साढे छ प्रतिशतले घटेको छ । बजार घटेकाे दिन किसान लघुवित्तको शेयर १० प्रतिशतले र ग्रीन विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ । 

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७३ लाख ९९ हजार कित्ता शेयर दुई अर्ब ४३ अर्ब २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आईएमईको प्रमोटर शेयर १५ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ ।

अर्थ