कांग्रेसकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा, राजीनामा नदिए संसदमै अनशन बस्ने

सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

आज बुधवारकाे संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको हो । दुई जना मन्त्रीले राजीनामा नदिएमा संसदभित्रै आमरण अनशन बस्ने पनि शर्माले चेतावनी दिनुभएको छ ।

राजनीति