बागमती प्रदेशमा आजबाट गाडी भाडा घट्ने

बागमती प्रदेशमा आजबाट सार्वजािक सवारी साधनको भाडा घट्ने भएको छ ।

प्रदेशको यातायात मन्त्रालयका अनुसार, प्रदेशमा संचालन हुने लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक) मा ३.१ प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने भएको हो ।

मन्त्रालयले गत जेष्ठ ११ मा बागमती प्रदेशले भाडादर समायोजन गरेको थियो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।

ट्याक्सी हकमा भने अघिल्लो भाडादर समायोजन मै घटेकोले अहिलेलाई भाडा नबढाइएको मन्त्रालयले जनाएको छ ।

समाचार