महिला विश्वकप फुटबलमा पाेर्चुगलले भियतनामलाई हरायाे

फिफा महिला विश्वकप फुटबल २०२३ मा पाेर्चुगलले भियतनामलाई हराएकाे छ ।

आज बिहीवार न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे खेलमा पाेर्चुगलले भियतनामलाई २–० गाेलले हरायाे । पाेर्चुगलका लागि तेल्मा इन्कारनाकाे र फ्रान्सिस्का नजरेथले गाेल गरिन् ।

आजको जितसँगै पाेर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह ‘ई’ को तेस्राे स्थानमा छ । दुवै खेल हारेको भियतनाम प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।

आजै न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १/१ गाेलकाे बराबरी खेलेका छन् । आजै पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

खेलकुद