सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।
छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ