बकैयामा सर्पको डसाईबाट बालिकाको मृत्युु

मकवानपुरमा सर्पको डसाईबाट एक बालिकाको ज्यान गएको छ । मकवानपुरको बकैयामा बिषालु सर्पको डसाईबाट एक बालिकाको ज्यान गएको हो । ज्यान जानेमा बकैंया–७ अधेरी की १२ बर्षीया करिष्मा लो रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउसो आफ्नै घरमा बसिरहेको अवस्थामा बिषालु सर्पले टोकेको थियो । सर्पको डसाईबाट गम्भीर बनेकी उनेको उपचारका क्रममा हेटौंडा अस्पतालमै ज्यान गएको जनाइएको छ । मकवानपुरको विभिन्न स्थानमा केही बर्ष यता बिषालु सर्प देखापर्न थालेको छ ।

समाचार