मकवानपुर स्थित बागमती नदीमा डुबेर एक बालकको मृत्यु

हेटौँडा । मकवानपुर र सिन्धुलीको सिमानामा रहेको बागमती नदी डुबेर एक बालकको ज्यान गएको छ । बिहिबार दिउँसो नदीमा पौडी खेल्न गएका बागमती गाउँपालिका वडा नम्बर–४ पाल्पालेका ८ बर्षीय निशान बलको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । बल बुधबार दिउँसो साथीहरुसंग बागमती नदिमा पौडी खेल्ने गएका थिए । उनको डुबेकै अवस्थामा शव नदीबाट निकालिएको थियो ।

समाज