हेटौंडामा थप १० जनामा डेंगू संक्रमण

मकवानपुरको हेटौंडामा थप १० जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, मंगलबार थपिएसँगै हेटौंडामा डेंगू संक्रमणको कूल संख्या ४० जना पुगेको छ । जसमा १९ जना पुरुष र २१ जना महिला रहेका छन् । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो ।

यस्तै, जिल्लामा साउन १ गतेदेखि हालसम्म ४४ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ जना महिला र २२ जना पुरुष रहेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य