प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिन १० दिनको म्याद

संसदीय सुनुवाइ समितिको संयुक्त बैठकले प्रस्तावित प्रधानन्यायधिशविश्वम्भरप्रसाद श्रेष्ठविरुद्धको उजुरी आव्ह्वान गरेको छ।

समितिका जेष्ठ सदस्य पशुपति शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको संयुक्त बैठकले १० दिन भित्रमा उजुरी दिन आह्वान गरेको हो। उजुरी आव्हानका लागि बैठकले सरकारी संचार माध्यम मार्फत सार्वजनिक सूचना जारी गर्न निर्देशन समेत दिएको छ।​

गत बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायधीशमा नियुक्तिका लागि सर्वोच्चका वरिष्ठतम् न्यायाधिश श्रेष्ठको नाम सिफारिस गरेको थियो।

राजनीति