मकवानपुरमा ११६८ जनाले भरे एसईईको मौका परीक्षा फारम

मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (मौका परीक्षा) मा सहभागी हुन एक हजारभन्दा बढीले परीक्षा फारम भरेका छन् ।

एसईईको ग्रेडवृद्धि मौका परीक्षामा सहभागी हुन एक हजार १ सय ६८ जना विद्यार्थीले परीक्षा फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

यही शुक्रबार र शनिबार हुने परीक्षाका लागि गत आइतबारसम्मका लागि ग्रेडवृद्धि मौका परीक्षाको फारम भर्ने म्याद दिइएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाईले आज बुधबार बैठक बसी परीक्षा केन्द्र निर्धारण गर्ने केन्द्रका प्रमुख दीनानाथ गौतमले जानकारी दिए ।

एक जना विद्यार्थीले दुई वटा विषयसम्म ग्रेडवृद्धिको परीक्षा दिन सक्नेछन् । गत वर्ष दुई हजार ५ सय २६ जना विद्यार्थीले ग्रेडवृद्धि मौका परीक्षा दिएका थिए ।

शिक्षा