बोल्न नपाएको उपसभामुखको गुनासो

उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन्। उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ? भन्दै प्रश्नसमेत गरिन्।

उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो? भन्दै प्रश्नसमेत गरिन। उनले अहिले प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन्।

उनले भनिन्, ‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ। मेरो प्रश्न छ। आज प्रतिनिधिसभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त? हिजो कति ५-६ दिनपछि संसद् खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई। उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ। नियममा कहाँ लेखेको छ, उप चुप भनेर। संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि? यो मेरो प्रश्न छ।’

उपसभामुख रानाले देशमा सुशासन नभई कुशासन रहेको दाबीसमेत गरिन्।

राजनीति