हेटौंडामा थप १२ जनामा डेंगू संक्रमण

मकवानपुरको हेटौंडामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, बिहीबार थपिएसँगै हेटौंडामा डेंगू संक्रमणको कूल संख्या ५४ जना पुगेको छ । जसमा २८ जना पुरुष र २६ जना महिला रहेका छन् । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो ।

यस्तै, जिल्लामा साउन १ गतेदेखि हालसम्म ५८ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना महिला र ३१ जना पुरुष रहेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य