गौर हत्याकाण्डबारे जसपा नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने

गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपा ले उक्त घटनाबारे आफनो धारणा सार्वजनिक गर्न लागेको हो ।

त्यसका लागि आज अपराह्न २ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । त्यसपछि जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो व्यक्त गरेका थिए ।

१७ वर्षअघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालीन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

राजनीति