बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २९९ जनाको मृत्यु

बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २९९ जनाको मृत्यु भएको छ ।

प्रदेशमा गत आर्थिक वर्ष २०७९–०८० कम १ हजार ३६१ वटा सवारी दुर्घटना हुँदा २९९ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, उक्त तथ्याङ्क प्रदेशको काठमाडौं उपत्यका बाह्ेकको हो । सो अवधिमा दुर्घटनामा परेर २ हजार ८९१ जना घाइते भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आर्थिक वर्ष २०७९–०८० मा दुर्घटना र मृतकको सख्यामा कम भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अघिल्लो आवमा १ हजार ७९८ वटा दुर्घटना हुँदा ४१३ जनाको मृत्यु भएको थियो भने ३ हजार ९९५ जना घाइते भएका थिए ।

समाचार