मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका ५ श्रीपुरका ५२ वर्षिय वीरबहादुर परियार रहेका छन् । आफ्नै घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए । परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार