नक्कली शरणार्थी प्रकरण : थप १८ जनाको जाहेरी, दुई करोड ठगी

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लोभ देखाएर रकम ठगी गरेको घटनामा थप १८ जना पीडित प्रहरीकाे सम्पर्कमा आएका छन् । उनीहरुले प्रहरीमा जाहेरी दिँदै झण्डै दुई करोड ठगी भएको बताएका छन् ।

सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँलगायतका जिल्लाहरुका १८ जना पीडितहरु न्याय माग्दै प्रहरीमा आएका हुन्।

उनीहरुले करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनी ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको प्रहरीको काठमाडौँ उपत्यका अपारध अनुसन्धान कार्यालयले जनाएको छ ।

उक्त सक्कल जाहेरी दरखास्तलगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको कार्यालकया प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उक्त प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी तथा बहालवाला सचिव (निलम्बित) टेकनारायण पाण्डेसहितका ३० जना विरुद्ध सङ्गठित अपराध, कीर्तेलगायतका पाँच कसुरमा अदालतमा मुद्दा दायर भएको छ । उनीहरु हाल पुर्पक्षका लागि थुनामा छन् ।

समाचार