प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका र चीन भ्रमणमा जाँदैछन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले सो बारे जानकारी गराएका हुन् ।

छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने जानकारी गराएका हुन् ।

अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन तय भएको प्रचण्डले बताए ।

त्यसपश्चात २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले बताए ।

राजनीति