हेटौंडाबाट लागूऔषधसहित दुई महिला पक्राउ

मकवानपुर प्रहरीले लागूऔषधसहित मंगलबार बिहान हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध गाँजा १२ किलो ६०० ग्रामसहित दुई महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया र ३५ वर्षीया महिला रहेका छन् । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

प्रहरीका अनुसार, मंगलबार बिहान बसपार्कस्थित पृथ्वी बस काउन्टर अगाडि शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाचार