बागमतीमा “लम्पी स्किन”को कारण ६ हजार पशुको मृत्यु

हेटौँडा । पशुमा फैलिएको “लम्पी स्किन” रोगको कारण बागमती प्रदेशमा ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ । गत वर्ष पुस अन्तिममा बागमती प्रदेशको मकवानपुरमा देखिएको यो संक्रमणले बागमतीको १३ जिल्लालाइै प्रभावित पार्दै ६ हजार पशुको ज्यान लिएको हो ।

बागमतीमा भयावह रुपमा दखिएको यो विषाणुजन्य संक्रमणको कारण यो प्रदेशमा २ लाख ४ हजार ९ सय ८८ पशु संक्रमित भएका छन् ।
पोक्सभाईरेड समूहको कारपोक्स भाईरसबाट हुने विषाणुयुक्त संक्रमको कारण बागमतीमा पशुपालको क्षेत्रमा करोडौँ रुपैँयाको क्षति भएको छ । मकवानपुरबाट संक्रमणको सुरुवात भएपनि लम्पी स्किनको संक्रमण दोलखामा सबैभन्दा धेरै देखिएको छ । दोलखामा ३३ हजार ६ सय २४ पशुमा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ भने दोश्रो स्थानमा काभ्रेका यो रोगले पशुहरुलाई संक्रमित बनाएको छ । काभ्रेमा लम्पी स्किनबाट ३० हजार ७ सय ४३ पशु संक्रमित भएका छन् ।

लम्पी स्किनको कारण सबैभन्दा धेरै पशुको मृत्यु भने सिन्धुपाल्चोक जिल्लामा भएको छ । यहाँ यो रोगको कारण ८ सय ९६ पशुको मृत्यु भएको छ । लम्पी स्किनको महामारीको कारण संक्रमित रहेका मध्य ३ दशमलब १ प्रतिशत पशुको ज्यान गएको छ भने अहिलेपनि १० दशमलब २७ प्रतिशतमा संक्रमण रहेको पाईएको छ । यो विषाणुले सबैभन्दा धेरै प्रभावित पारेको पशुमा गाई रहेको भन्दै बागमती प्रदेश सरकारले गाईलाई खोप दिने कार्य सुरु गरेको छ । हालसम्म १२ प्रतिशत गाईमा खोप दिने कार्य सम्पन्न भएको कृषि तथा पशुपन्द्धी विकास मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा पशुपालनमा सबैभन्दा महत्वपूर्ण क्षेत्र गाई र भैसीले ओगटेको छ । यहाँ १० लाख ९९ हजार ५ सय ६० गाई तथा ८ लाख ९६ हजार २ सय १३ वटा भैसि रहेको छ । गाई तथा भैसीबाट प्रतिवर्ष ४ लाख ५५ हजार १ सय ४१ मेट्रीक टन दुध उत्पादन हुँदै आएकोमा लम्पी स्किनको कारण उत्पादनमा भारी गिरावटा आएको मन्त्रालयले जनाएको छ ।

समाचार