शिक्षा विधेयक सच्याउन माग गर्दै मन्त्री मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाइयो

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघका सचिव महमद समीमसहितको टोलीले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मन्त्री मोक्तानले ध्यानाकर्षण पत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताए ।

संघीय शिक्षा ऐन जारी गर्न प्रदेश सरकारका तर्फबाट पनि आवश्यक पहल गर्न माग गर्दै महासंघ नेपालले बागमती प्रदेश सरकारसमक्ष ध्यानाकर्षण गराएको थियो ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र ।

शिक्षा