बिच्छीले टोकेपछि मकवानपुरगढी –७ का नविन हुमागाईँले काटे आफ्नै यौनाङ्ग

बिच्छीले टोकेपछि मकवानपुरमा एक युवकले आफ्नै योनाङ्ग काटेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्वर– ७, स्थायी घर घई बुधबार राति हेटौंडा १० बसपार्कको फूलबारी होटल एण्ड लजमा बसेका २२ वर्षका नविन हुमागाईँले आफ्नै यौनाङ्ग (लिङ्ग) काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

हुमागाईंले आफुलाई राति होटलमा सुतिरहेको बेला बिच्छीले टोकेको र त्यसको विष नफैलियोस् भन्नका लागि यौनाङ्ग नै काटेर फालेको प्रहरीसमक्ष बताएका छन् ।

उनले राति १० बजेतिर यौनाङ्ग काटेको र करिब २ घण्टापछि आफैँ हेटौंडा अस्पताल गएको प्रहरीले जनाएको छ ।

संवेदनशील अङ्ग काटिएकाले हेटौंडा अस्पतालले उनलाई थप उपचारको लागि भरतपुर रिफर गरेको थियो । अहिले उनको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

समाचार