अबको दुई/तीन दिन लगातार पानी पर्ने सम्भावना छैन : मौसमविद्

मनसुन कमजोर बनेसँगै पानी पर्ने क्रम घटेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली छ ।

मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा तलतिर सरेकाले नेपालमा तत्काल लगातार वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने उहाँले बताउनुभयो ।

आज कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ । अन्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । तराई मधेसका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन ।

मौसमविद्का अनुसार अहिले तत्काल केही दिनलाई लगातार पानी नपरे पनि त्यसपछि भने पानी पर्ने सम्भावना रहन्छ । मनसुनको अवधि कायमै रहेकाले मनसुन फेरि सक्रिय भइ ठूलो पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताउनुभयो ।

समाचार