३२ अंकले घट्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेको छ । सातामा दुई दिन बढेको नेप्से तीन दिन घट्दा परिसूचक ३२.९२ अङ्क अर्थात १.५९ प्रतिशतले घटेको हो ।

गत साताको शुक्रवार नेप्से परिसूचक २०६६ अंकमा कायम थियो । सातामा तीन दिन घटेपछि यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा २०३३ अंकमा आएर रोकिएको हो ।

यो सातामा कारोबार पनि घटेको छ । गत साता नेप्सेमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता १० अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन, गत साताको कारोबार रकमको तुलनामा ३० अर्बले घटेको हो ।

अर्थ