हेटौँडामा बालिका बलात्कार पछि हत्या गरेका आरोपित राई पुर्पक्षको लागि थुनामा

हेटौंडा — बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा घटनाको २० वर्षपछि पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

५ वर्षीया बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका ४५ वर्षीय सोमबहादुर राईलाई जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

बालिकालाई २०६० असोज १८ मा ‘चकलेट दिन्छु’ भनेर फकाएर उनले बलात्कार गरेको र हत्या गरेर हेटौंडा–१० मा राप्ती खोलाको ढुंगाको चेपमा फालेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

घटनाको भोलिपल्ट शव भेटिए पनि अभियुक्त फरार थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरीको संयुक्त पहलमा राईलाई गत साउन १३ मा ललितपुरको गोदावारी९१४ ठैबबाट पक्राउ गरी हेटौंडा ल्याइएको हो । बलात्कारपश्चात् हत्या गरेर फालेको उनले प्रहरीमा बयान दिएका छन् । उक्त घटना हुँदा राई २५ वर्षका थिए ।

समाज