सुनचाँदीको भाउ लगातार बढ्दै

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ थियो । 

यस्तै, चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अर्थ