एमाले अध्यक्ष ओलीले आज कोशी प्रदेश कमिटीलाई सम्बोधन गर्दै

गृह जिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

बिहान ११ बजे विराटनगरमा आयोजना हुने पार्टीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए।

सिरहाको विष्णुपुरकट्टामा भदौ ९ गते आयोजना गरिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुन ओली भदौ ८ गते विराटनगर गएका थिए। तर, प्रतिकुल मौसमका कारण बैठक स्थगित भएपछि ओली झापा गएका थिए।

ओलीले झापामा हिजो पार्टीका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गरेका थिए। सचिवालय बैठक भदौ १३ गतेका लागि सिरहामै तय गरिएको छ। 

राजनीति