हेटौंडाबाट लागूऔषधसहित एक युवक पक्राउ

मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार एक जनलाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषध नाईट्राजेपाम १५२ पिस र ट्रामाडोल – ५ पिससहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजबिराज घर बताउने २४ बर्षीय मोहम्मद सोनु खान रहेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, गाईघाटबाट पोखरातर्फ जादै गरेको ग १ ख ९८२३ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार यात्रु खानले बोकेको प्लास्टिकको कालो झोलाबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

उक्त लागुऔषधसहित पक्राउ परेका खानमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज