नेपाल एसिया कप खेल्ने आठौँ टोली

नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्ने भएको छ ।

नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ ।

मुल्तानमा दिउँसो सवा ३ बजे शुरु हुने पाकिस्तानसँगको खेलसँगै नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्नेछ ।

भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौँ टोली बन्नेछ ।

एसोसिएट टोलीमा नेपाल हङकङ र युएईपछि तेस्रो टोली बन्नेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दै आएको छ ।

यस पटक आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ ।

खेलकुद