अस्पताल पुगेर देउवाले बुझे उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रोस्टेटको शल्यक्रिया गराइ सैनिक अस्पताल छाउनीमा उपचाररत खड्कालाई सभापति देउवाले आज बिहान भेटेका हुन्।

खड्का गत बुधबार राति अस्पताल भर्ना भएका थिए। यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वयुवारज पारस शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बिहान ह्याम्स अस्पताल पुगेर अध्यक्ष थापाले शाहको अवस्थाबारे जानकारी लिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

स्वास्थ्य