हेटौंडा बसामाडीमा घरको छतबाट लडेर एक महिलाको मृत्यु

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं ३ बसामाडीमा शनिबार दिउँसो निर्माणधिन घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया लक्ष्मी खड्का रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार खड्का इट्टा बोक्ने क्रममा स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट लडेकी थिइन् ।

उनको तत्काल उद्धार गरी चुरेहिल अस्पताल ल्याईएकोमा उपचारको क्रममा शनिबार साँझा ४ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको मुचुल्कापछि शव पोष्टमाटमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

समाज