लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर प्रहरीले आइतबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका–१ जल्की बस्ने ३५ वर्षीय गणेश थापा रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले सडक छेउमा रोकी राखेको बा.६ च १८४७ नम्बरको कारलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी कार चालक थापालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज