संविधानमा भएकाे व्यवस्था  पनि कार्यान्वयन भएन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधानले व्यवस्था गरेका कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताएका छन्।

बिहिवार काठमाडौँमा सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कानूनमा प्रबन्ध गरिएका प्रावधानहरू दुरुपयोग भएका घटना देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिए।

उनले कानूनमा रहेका कमी र कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता औँल्याए। उनले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने र सत्य कुरालाई स्थापित गरी जनतालाई सचेत गराउनुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि र जवाफदेही बनाउनका लागि, विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

राजनीति