मिस्टर मकवानपुरको तयारी पूरा

मकवानपुर । असोज १३ अर्थात भोली शनिबार हेटौंडामा हुने पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स २०८० तथा महिला फिजिक्स प्रतियोगिताको तयारी पूरा भएको छ ।

नेपाल शारीरिक संगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक सुनिल मोक्तानले जानकारी दिए ।

उनका अनुसार, प्रतियोगितामा विभिन्न तीन विधा गरी ५० खेलाडीहरुको सहभागिता रहनेछन् । प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुनेछन् ।

साथै प्रतियोगितामा ५५ औ एसियन बडिबिल्डिङ च्याम्पियन वुमन फिजिक्स तर्फ ५५ केजी मा गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको प्रशिक्षण तथा प्रदर्शन रहने कार्यक्रम संयोजक मोक्तानले बताए ।

मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।

यस्तै, मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मोक्तानले जानकारी गराए ।
मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगदसहित ट्रफि मेडल प्रदान गरिनेछ ।

प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगदसहित सम्मान गरिने फिट्नेस महासंघका अध्यक्ष राजेश भेटवालले बताए ।

साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने उनको भनाई छ ।

कार्यक्रम हेटौंडा–२ स्थित पल्पसा हलमा अपरान्ह ४ बजेदेखी मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित हुनेछ ।

समाचार