प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पदाधिकारी बैठक आह्वान गरेका छन् । बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो ।

चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक आह्वान गरेको पदाधिकारीका एक सदस्यले जानकारी दिए ।

ती नेताका अनुसार, बैठकमा सबै प्रदेश इन्चार्जले एक महिनाको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने सम्भावना रहेको छ ।

राजनीति