रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार अधिकारीलाई

राचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट मकवानपुरका शम्भू अधिकारी सम्मानित भएका छन् ।

सोमबार हेटौंडामा सम्पन्न निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपाल डटकमको वार्षिकोत्सवको अवसरमा अधिकारीलाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

अधिकारी थाहापाटीका कार्यकारी सम्पादक समेत रहेका छन् । थाहानगरमा रहेर पत्रकारिताको माध्यमबाट मकवानपुरको समग्र पत्रकारिता विकासमा योगदान पुर्याएकोले उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

समाज