एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधिका लागि आज भारत र अफगानिस्तान खेल्दैछन् ।

यो खेल चीनको हाङझाउमा नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरु हुनेछ । उपाधि जित्ने टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा बङ्लादेशलाई हराउँदै भारत र दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको हो ।

क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

खेलकुद