दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

 व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँमा कालोमोसो दलिएको छ। जमलस्थित एक होटलमा उनलाई कालोमोसो दलिएको बताइएको छ।

कालोमोसो कसले किन दल्यो भन्ने खुलिसकेको छैन तर उनी आफैँले जमलको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। सोही बेला उनीमाथि कालो मोसो दलिएको हो।

उनले सोमबार बिहान इजायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आफू जाने बताएका थिए।  

प्रसाईं पछिल्लाे समयमा बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर आन्दाेलन गिररहेका छन्।

समाज